Spread the Love Ratan Chhetri, May 5, 2024July 1, 2024 “मायालु तिमीलाई, धेरै धेरै सम्झनामाया लाएको बिर्सनलाई होईन “ यो पुरानो गीतलाई चरितार्थ गर्ने केही रोचक परम्पराहरू विकसित देशहरूमा मौलाएको देखिन्छ। गत हप्ता म दक्षिणी इंग्ल्याण्डकाे Staines-upon-Thames शहरमा थिएँ। त्यहाँ Two Rivers भन्ने ठाँउ छ जहाँ ठूलो सपिङ सेन्टर छ । टिष्टा र रंगीत नदीहरू मिसिएको झैं Thames नदीका दुईवटा ससाना भाँगलोहरु बगेर जान्छन त्यो मध्यभागमा जसले गर्दा बजारको नाम नै Two Rivers राखिएको हाेला। वारी Staines बाट पारी Two Rivers तिर जाँदा सानो पैदल यात्री पुल तर्नु पर्छ। त्यो पुल माथी दुवैतर्फको रेलिङमा ताला झुन्ड्याएर आफ्नो प्रेमलाई प्रेमी वा प्रेमिकाप्रति समर्पित गर्ने चलन रहेछ। पुलमा उभिएर युगल जोडी तस्वीर खिचेर प्रेमका वाचाहरु गर्छन् अनि एकले अर्कोको नाम तालामा साईन गरेर वा अंकित गरेर त्यहाँ ताला लगाएर आफ्नो प्रेम सदाका लागि “locked” भयेको मानेर चाबी चाहिँ मुन्तिर खोलामा फ्याँकी दिन्छन्। यस्तो परम्परा फ्रान्सको पेरिसमा र क्यानाडाकाे Winnipeg लगायत चीन, जापान, अल्जियर्सतिर पनि रहेछ । हाम्रो शहरतिर पनि यसो गरे त हजारौँ टुरिस्टहरु ताला लगाएर प्रेम locked गर्न ओइरिन्थे होलान् । Travel