- संध्या आचार्य
‘साथी?’ सोधिएको
‘कसको? मेरो भन्नुभा हो??’ म यत्तिखेर।
‘ज्यु ! सहयात्री नि !’ उताबाट आएको ।
‘ए.।’ – म भन्छु
त्यसपछि चुपचाप ,चुपचाप र चुपचाप ।
जीवन मतलब जोडिनु, अर्थात् चारैतिर जोडिनु । एकपछि अर्को र त्यसपछि थप अर्को मानिसहरुसंगको साथ ,संगत र संसर्गले जीवन साँच्चिकै जीवन बन्छ, नत्र केइ होइन जीवन आँफैमा ।सम्झिल्याउँदा जीवन आँफैमा एउटा कम्प्लिट प्याकेज हुँदैहैन ! झिना मसिना विभिन्न कुराहरु जोडिएकै कारणमात्रै जीवन पूर्ण /सम्पूर्ण हो कि? – लाग्ने रहेछ सही माइनेमा ।
उ भन्थी ‘त्यो गीत छ नि !
“आँफै मुस्काउ मुसुक्क, जुनतारा टिपी कोही दिँदैन,
थोपा थोपा गरी बग्छ खोला सागरको कुनै मुहान हुँदैन “।
एकदम सार्थक छ नि? तल्लो लाइन क्या खासमा।जसरी त्यो एउटै लाइनको कारण पूरा गीत सुपरहिट लाग्छ, सुनुँ सुनुँ लाग्छ नि ?हो तेस्तै एउटै मात्रै रहर एउटै मात्रै सपना र एउटै मात्रै मान्छेको कारण जीवन सजीव, जीवन्त या सुपर डुपर हिट हुन्छ बुझिस् ?’
मौन समर्थन मेरो ।
त्यसपछि लागेको साँच्चिकै जीवन आँफैमा सम्पूर्ण छैन; तर जे जे र जुन जुन कारणले जीवन पूर्ण बनिरहेको छ ती कुराहरु छुटे कसले आपूर्ति गर्ला ? छुटेको स्पेस, खालीठाउँ।
“आफू नछुटेसम्म आँफ से आँफ आपूर्ति गर्छ जीवनले” ! भन्ने पनि ऊ नै थिई ।
उ नभए बिहान कसले ब्युँझाउला मलाई ? खट्किरहने प्रश्न यो पनि थियो।
‘सुन्नमा साधारण कुरा लागेता पनि मान्छे दिनभर केही गर्नलाई ब्युँझनु जरुरी हुन्छ, बिहानै ।
सपना देखिसकेपछि सपना पूरा गर्नलाई ब्युँझिएकै हुनपर्छ मान्छे ।’ – उसैले भन्नेगरेको यो कुरा।
‘हैन, तपाईंले को-बारे भनिरहनु भएको छ हँ यो सब?’ सोधिएको फेरि।
” बाँच्न सिकाउने मान्छे” – म यत्तिखेर
“अँ?”
“हजुर “।
‘प्लिज लेट अस नो समथिङ मोर अबाउट हिम अर हर?’ – आँखा झिम्क्याइएको स्माइली छ साथमा।
‘टेमपरेरी जीवनका टेमपोरेरी कुराहरु न हुन्।’ म भन्दिन्छु ।
‘कन्टेम्परेरी बनाम न, साझा गरौँ, समकालीन बनौं। कमसेकम सोंचाईमा ,बिचारमा।’ – लाग्दैथियो जिस्किरहेछ या जिस्क्याइरहेछ ।
‘यो जोकको टपिक होइन ! क्लियर हुनुस् । ‘ उत्तर म बाटको।
‘जोक कसले गरिरहेको छ? आ’म सिरियस।’ यो ऊ नै थियो।
त्यसपछि बोल्न जरुरी नलागेको मलाई ।
‘प्रत्येक थोक र हरेक मान्छे जरुरी हुँदिन। जीवनमा या जरुरी लाग्न नि दिनहुन्न पनि !’ उ भन्थी र थप्थी – ‘ यसो हुँदा खास थोक र खास मान्छेको खासियत कम पर्नजान्छ।’
‘तपाईं आदत भैसक्यो मेरो अब ।’ सोधिएन योबेला भनियो उत्ताबाट।
‘ बिस्वास लाग्दैन मलाई । आदतै भएपनि संधै रहिरहन सक्दैन कसैसंग एउटै आदत। मलाई फरक पर्दैन ,भनौं भने मैले अहिलेसम्म बाँचेकै अनुभवमा पनि पटक पटक थुप्रै पटक मेरा आँफ्नै आदतहरु फेरिएका छन उसो त!’ – म भन्छु।
“कुनै पनि कुरालाई जीवनमा आदत बन्न दिनुहुन्न “। उ भन्थी। त्यसैको प्रभाव शायद,उसको बाहेक अरु कुनै विशेष थोकको आदत छैन मसंग अहिलेसम्म ।
तर अहिले लाग्छ त्यो पनि गल्ती थियो मेरो….
उसको पनि लत बस्न नदिनु थिएछ जीवनमा ।
‘राइट समथिङ !’ – भनिएको? कि आग्रह गरिएको?? नबुझेको मैले ।
‘सक्दिन !’ – उत्तर मेरो।
‘कविता सुन्ने त?’
‘मनपरेको कुरा! किन नसुन्ने?’ म भन्छु।
“If I could have all the time in the world
I know what I’ll do
I’ll spend the time
In pleasure sublime
Just by being with you”
‘यत्ती नै?’ सोधेको यताबाट मैले ।
‘यु डिडन्ट फिल समथिङ स्पेसल व्हेन आइ वाज रिडिङ इट?’ – प्रश्न उतैको |
‘उहुँ!’ मैले छामें एकछिन् आँफैलाइ। भिन्नता केही थिएन ममा। न खास न खसुर ।
उसलाई सम्झें। भन्थी ‘आँफैलाई खूब रोबोटिक लाग्छ। फिलिङ्स्, इमोसन्स सब सकिएको एउटा मान्छे । शायद उसले भन्न चाहेको यस्तै केही नै हुनुपर्छ ! उ मतलब मेरी दूर देशकी साथी।
‘सम्बन्ध भनेको आकाश हो आकाश !’ ऊ भनिराख्थ्यो।
त्यसपछि मैले बुझें – “मैले उड्नपर्छ अब”। आकाशमा उड्न पाइन्छ; घाम,जून र ताराहरु हेर्न पाइन्छ; इन्द्रेणी देख्न पाइन्छ्! बादल छाम्न सकिन्छ ! त्यो भन्दा धेरै आकाशमा गर्जन पाइन्छ जसरी मेघ गर्जन्छ, र बर्सन पनि पाइन्छ झरी बनेर ।
प्रथम त मलाई उड्नु नै जरुरी लागेको हो । किनकि सम्बन्धमा भरिएका उडानहरु साँच्चिकै सफल हुन्छन् ।
ऊँचाइमा पुग्नेबेला ऊ डराएको महसूस नगरेकै पनि होइन मैले।
‘ छाडिनछु कि भनेर डरायौ नि?’ म सोध्छु !
उसले खुल्लामा खुल्ला सहमति जनाउन सकेन!
हरेक सम्बन्धमा उढ्न ,हाँस्न ,रमाउन पाउने छुट हरेकलाई छ भन्ने सिद्धान्त बोकेर हिढ्ने उसलाई मैले हाँसेरै भनेको हुँ “पितृसत्ताको केइ अंश त छ आखिर तिमीसंग पनि “.
.
उ सहमत भएन, मानेन पटक्कै, बिमतिहरुमा अझ धेरै मत थप्न मन थियो तर थपिन; किनकि मेरा मत ,बिमतहरुले थुप्रै असर पर्न सक्थ्यो त्यतिन्जेल ।
म सहजता मनपराउने मान्छे सकेसम्म। कमसेकम असहज स्थिति सिर्जना नहोस् मेरो कारण, म चाहान्थें र चाहान्छु पनि ।
उसो त उसलाई नि मन पर्ने त कहाँ हो त झगडा।
म खिस्स हाँस्छु यो बेला भनौं स्माइली तेस्तो।
‘किन पो?’ सोधियो।
‘होइन, तेत्तिकै हौ।’ म भन्छु।
‘भन्नोस् न!’ भनिरहन्छ ऊ।
आँफैलाई सम्झेर । फेरि लेख्दैछु, र थप्दैछु तल्तिर …
अब मेरा सहमति, बिमती, असन्तुष्टि ,हर्ष,आँसु केइ केइ केइले फरक पर्दैन उसलाई ।
धेरै बेरको मौनतापछि लेख्यो उसले :
‘के भनेको? को भनेको ? कसलाई भनेको??’
‘साथी !’ – म लेख्दैछु।
‘कसको ?तपाईंको भन्नुभाको?’
‘ज्यु ! सहयात्री नि!’ म लेख्छु।
‘ए…’ भन्ने ऊ थियो यत्तिखेर र फेरि :त्यसपछि चुपचापहरुले जोड जोडले हल्ला गरिरहे हामीबीच … !
Open document settingsOpen publish panel
- Post